neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सन् २०२० मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार भन्दा बढी पीडित

सन् २०२० मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार भन्दा बढी पीडित

Feb 19th, 2021

ललितपुर, फागुुन ७

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२० का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा सो तथ्याङ्क समेटिएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को विमोचन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको हो । इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भए ।

सन् २०१९ मा यस्ता घटनामा ६ हजार ७ सय ४२ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ । सन् २०२० मा मानव अधिकार उल्लङ्घनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना तथा ज्यादतीका घटनामा एक जना तेस्रो लिङ्गी, ४ हजार २ सय ७१ जना महिला, ५ सय ९५ जना पुरुष र एक जना नखुलेकोसमेत गरी ४ हजार ८ सय ६८ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनुभयो । यस वर्ष राझय पक्षबाट सात जना पुरुष तथा अन्य पक्षाबाट एक जना तेस्रो लिङ्गी, १ सय ५८ जना महिला र १ सय ८४ जना पुरुष गरी ३ सय ४३ जनाको हत्या भएको इन्सेकले जनाएको छ ।

यो वर्ष यातनाका घटनाका घटनामा नौ जना, गिरफ्तारीका घटनामा ३ सय ७० जना, जातीय विभेदका घटनामा ४८ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, अभिव्यक्ति भेला तथा सङ्गठित हुने अधिकारमा ९४ जना र धम्कीका घटनामा २५ जना र कुटपिटका घटनामा ३ सय २० जना पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।‘सन् २०२० मा महिलामाथि हुने हिंसाका घटनामा २ हजार ६ सय ६ जना र बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ६१ जना बालबालिका पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi