neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेडको जितमा फर्नान्डेसले गरे दुई गोल

युनाईटेडको जितमा फर्नान्डेसले गरे दुई गोल

Feb 19th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,७ फागुन

युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ ।बिहीबार राति भएको खेलमा युनाईटेडले रियल सोसिडाडलाई ४-० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल, मार्कस र्यासफोर्ड र डेनियल जेम्सले एक एक गोल गरे।

खेलको २७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५७ औँ मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ६४ औँ मिनेटमा मार्कस र्यासफोर्डले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। त्यसपछि खेलको ९० औँ मिनेटमा डेनियल जेम्सले गोल गर्दै युनाईटेडलाई ४-० को फराकिलो जित दिलाए ।

अब युनाईटेडले दोस्रो लेग फेब्रुअरी २६ मा घरेलु मैदानमा खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi