neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ हजार ५ सय ४१ को नमूना परीक्षण गर्दा ९६ जनामा कोरोना सङ्क्रमण

३ हजार ५ सय ४१ को नमूना परीक्षण गर्दा ९६ जनामा कोरोना सङ्क्रमण

Feb 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन ६

बिहीबार थप ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार ५ सय ४१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार १ सय ६६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ४१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ७१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३ जना छन् । हालसम्म २१ लाख ३१ हजार ३ सय ३० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १ सय ११ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ५ सय ५ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५८ पुगेको छ।