काठमाडौ, फागुन ५
कुमारी क्यापिटल लि द्वारा व्यवस्थापन तथा कुमारी बैंकद्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अकिंत दरको आठ इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात एक करोड २० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी छ करोड ८० लाख यही फागुुन १४ गतेबाट शुक्रबारदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटल लि.ले इक्रा नेपाल बाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सुर्य प्रसाद कोइराला, भरत राजपोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिन ागरी ५ जना विशिष्ट अनुभवप्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।
योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्चप्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु १० रुपैयाँ बाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात) सम्म २२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
लाभाशं र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल ः २२ प्रतिशत प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्तहुने लाभलिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारकोल ागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।
यो योजनाको इकाईमा आवेदन गर्नका लागिअ ाफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम एक सय इकाई र अधिकत ८० लाख इकाई सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदनदिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले मिति २०७७ फाल्गुन १४ गते देखि अन्तिम मिति २०७७ फाल्गुन २८ गतेसम्म आवेदन दिने ब्यवस्था गरिएकोे छ ।