काठमाडौ, फागुन ५
ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ एस सार्वजनिक गरेको छ । बृहत्त सञ्चयक्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए १५ एस ले प्रयोगकर्तालाई बिनाकुनै अवरोध मनोरञ्जन लिने अवसर प्रदान गर्छ ।
प्रयोगकर्ताको मागलाई विशेष ध्यानमा राखिओपो ए १५ एस मा बृहत्त सञ्चय क्षमताका साथमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । फोन बोक्दा हत्केलामा सजताको अनुभव दिने पातलो र स्लिक स्टाईलिश लुक्सका साथै दृश्यावलोकनमा आरामदायिता प्रदान गर्ने सोचका साथ फोनमा ६.५२ ईञ्च स्क्रिनको प्रयोग गरिएको छ । अतिरिक्त मिहेनत विनै क्लियर शट्स लिन सकियोस् भन्ने सोचका साथ ओपो ए १५ एस मा फोटोग्राफीका लागि एआई ट्रिपल क्यामेरा जडान गरिएको छ ।
‘प्रयोगकर्ताका मनोरञ्जन तथा सामाजिक सञ्जालसंग जडित रहने आवश्यकताका लागि उपयुक्त उपकरणकारुपमा ओपो ए १५ एस उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘तिनलाई सहज र अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत्त सञ्चय क्षमताका साथै ठूलो स्क्रिन उपलब्ध गराएका छौँ ।’
बृहत्त सञ्चय क्षमता, स्मूथ प्रदर्शनी
ओपो ए १५ एस मातिब्र ‘रिड एण्ड राइट’ गतिकालागि ४ जीबी ¥याम र स्मूथ कार्य प्रदर्शनी क्षमताका लागि ६४ जीबीको बृहत्त सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार २५६ जीबी सम्म बढाउन समेत सक्छन् । अक्टा कोर चिपसेट, मिडियाटेक हेलियो पी ३५ द्वारा सुसज्जित ओपो ए १५ एस ले न्यून उर्जा खपतमा समेत अदृतिय कार्य प्रदर्शनीको क्षमता राख्छ । शक्तिशाली हार्डवेयरका साथै, ओपो ए १५ एस मा मेमोरी डिफ्राग मेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन पनि उपलब्ध छ । यसले कार्यक्षमतामा ५ प्रतिशतको बृद्धि ल्याउँछ ।
यसमा उपलब्ध हाईपरबुस्ट २.१ ले फ्रेमबुस्ट र टचबुस्टको एकिकृत सहायतामार्फत फोन परफरमेन्सको स्थिती अनुमान गर्दै फ्रेम रेट लस घटाउन स्वचालित रुपमा आफूलाई समायोजित गर्दै, अझ स्मूथ र अझ प्रतिक्रियात्मक गेमिङ अनुभवप्रदान गर्छ । अनुकूलित फ्रेम रेटले गर्दा प्रयोगकर्ताले स्थिर र न्यून ढिलाइ सहितको ईनगेम ग्राफिक्सको मज्जा लिन सक्नेछन् ।
ओपो ए १५ एस मा डाइ¥याक २.०, स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधि पनि उपलब्ध गरिएको छ । यो प्रविधिले संगीत, चलचित्रलगायत गेमिङमा समेत अनुकुलित एकोस्टिक ईफेक्ट प्रदान गर्छ सघाउँछ ।
एकपटक चार्ज गरी पूरै दिनफोनको सहजप्रयोग गर्न सकियोस् भन्ने सोचका साथओपो ए १५एस मा ४३२० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । यसमा ब्याट्री सकिनै लागेको अवस्थामा समेत ट्याक्सी बुक गर्न वाआफ्ना प्रियजनसंग कुराकानी गर्न पर्याप्त हुने उर्जा प्रदान गर्न सुपर पावर सेभिङ मोड पनि उपलब्ध गरिएको छ । साथै, फोनमा अनलकिङका लागि प्रयोगकर्ताले रियर फिंगर प्रिन्ट सेन्सर वाएआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन् ।
स्लिक डिजाइन सहितको ठूलो स्क्रिन
गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथओपो ए १५ एस मा ८९ प्रतिसत स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटर ड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओपो ए १५ एस को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमाआई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधा पनि उपलब्ध छन् ।
७.९ एमएम मोटाई सहितको ए१५एस मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी भ्याक्यूम कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५एस दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।
एआई ट्रिपल क्यामेरा र एआई ब्यूटिफिकेशन
ओपो ए १५ एसमा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सधाउन यसमा १३ एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्नयसमा २ एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ । पोटे«ट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याक ग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरा पनि जडान गरिएको छ ।
दैनिकीका पलहरु कैद गर्न ओपो एफ १५ मा अझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याक लाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ । त्यसैगरी, पोटे«ट बोके फिचरले पोटे«ट तस्विर खिच्दा प्राकृतिक बोके ब्याक ग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ । ड्याजलक लर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए १५ एसले एआई सिन ईन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्स पनि उपलब्ध गराउँछ ।
ओपो ए १५ एसको ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्प पनि उपलब्ध गराउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।
कलर ओएस ७.२
ओपो ए १५ एसमा विभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलर ओएस ७.२ को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ । थ्र (फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्स पनि सपोर्ट गर्छ । साथै, आइकनपुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचर पनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जाएकसाथ सबैले आआफ्नो फोनमा लिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचर पनि फोनमा उपलब्ध गरिएको छ ।
बजार उपलब्धता
फागुन ४ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत नयाँफोन ए १५ एस देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ४जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए १५ एसको बजार मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण गरिएको छ ।