neapl investment mega bank

अल्का अस्पताल आजदेखि १५ वर्षमा

Feb 15th, 2021

ललितपुर, फागुन ३

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल आज सोमबारदेखि १५ वर्षमा प्रवेश गरेको छ । २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो । ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगन सहित कुमार थापाले अल्का अस्पताल संचालन गरेका हुुन । स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो । अल्का अस्पतालमा सय शैया छ । ‘मलाई हिजो जस्तो लाग्छ अस्पताल संचालनमा ल्याएको १४ वर्ष वितिसकेछ, अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भने ’‘यहाँसम्म आइपुग्न हामीलाई सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ ।

अस्पतालकी कार्यकारी निर्देशक विद्याथापा श्रेष्ठले सेवाग्र्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताए । अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले विरामीहरुको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । कोरोना महामारीका बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर विरामीहरुको सेवामा जुटेको थियो ।

अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेको छ । अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ । यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ ।

नशा सम्बन्धी, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट, कलेजो रोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिइरहेको छ । १५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ भने असहायहरुलाई खाद्यान्न वितरण गरेको छ । वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले निशुल्कबाथ रोग सम्वन्धी शिविर पनि आयोजना गरेको छ ।