neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • निर्वाचन आचारसंहिता, २०७७ को मसौदा उपर राजनीतिक दलसँग छलफल

निर्वाचन आचारसंहिता, २०७७ को मसौदा उपर राजनीतिक दलसँग छलफल

Feb 14th, 2021

काठमाडौ, फागुुन २

निर्वाचन आयोगले निर्वात आचारसंहिता, २०७७ को मसौदा उपर राजनीतिक दलसँग छलफल गरेको छ । सम्वत् २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र बैशाख २७ गते सोमबार दोश्रो चरणमा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट तयार गरिएको निर्वाचन आचारसंहिता, २०७७ को मसौदा उपर संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आज आईतबार आयोगका प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

उक्त छलफल कार्यक्रममा उपस्थित हुनु भएका राजनीतिक दलका प्रतिनिधिलाई माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्वागत गर्दे आशन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७७ को मसौदा उपर दलको तर्फबाट सुझाव दिनहुन राजनीतिक दलका प्रतिनिधिहरूलाई आग्रह गरे ।

सो कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने, अनुगमनकर्ता तथा अनुगमन समितिलाई प्रभावकारी बनाउनु पर्ने, दलको निर्वाचन खर्च पारदर्शी हुनुपर्ने, मतदान पश्चात मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने क्रममा दल तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका सँगै आउने व्यवस्था मिलाउनु पर्ने, मतदानस्थलमा सि.सि. क्यामराको प्रयोग गर्नु पर्ने लगायतका महत्वपूर्ण विषयहरूमा लिखित एवं मौखिक रुपमा दिएका थिए ।

उक्त कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो । उक्त छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलिया, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधर, आयोगका सचिव देव कुमारी गुरागाईँ लगायतको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi