neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको फराकिलो जित, मेस्सीले गरे दुई गोल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको फराकिलो जित, मेस्सीले गरे दुई गोल

Feb 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२ फागुन

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ५-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिन्कोले दुई-दुई र जुनियर फिर्पोले एक गोल गरे।अलाभेसको लुइस रिओजाले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्कोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा लियोनल मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५७ औँ मिनेटमा अलाभेसको लुइस रिओजाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

खेलको ७४ औँ मिनेटमा फ्रान्सिस्को ट्रिन्कोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए। लगत्तै ७५ औं मिनेटमा लियोनल मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

त्यसपछि खेलको ८० औँ मिनेटमा जुनियर फिर्पोले गोल गर्दै बार्सिलोनालाई ५-१ को फराकिलो जित दिलाए ।

जितसंगै बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २१ खेलबाट ५४ अंक छ । पराजित अलाभेसको २२ अंक छ र १६ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi