neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता

शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता

Feb 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,१ फागुन

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिकोले ८ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ गोलले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन मार्कोस लोरेन्टे र एन्जल कोरियाले एक-एक गोल गरे।ग्रानडाको यांगेल हेरेराले एक गोल फर्काए ।

खेलको ६३ औं मिनेटमा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।तर,त्यसको तीन मिनेटपछि ग्रानडाका यांगेल हेरेराले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा एट्लेटिकोका एन्जल कोरियाले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले २१ खेलबाट ५४ अंक जोडेको छ र शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको रियल मड्रिडको २२ खेलबाट ४६ अंक छ ।पराजित ग्रानडाको २३ खेलबाट ३० अंक छ आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi