काठमाडौ, माघ ३०
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका महामहिम राजदुत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेकाछन । भेटमा प्रधानमन्त्री र महामहिम राजदुतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो ।
भेटमा प्रधानमन्त्रीले राजदुत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा समेत राखे । साथै प्रधानमन्त्रीले दुई देशबीच कुटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भएपनि यि दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गरे । यस सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्र्ने धारणा समेत उनले राखे ।
भेटका क्रममा महामहिम राजदुत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जा्ेड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिन ेबिचार व्यक्त गरे ।