neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जोन्टा क्लब काठमाडौँद्धारा ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्यापटप वितरण

जोन्टा क्लब काठमाडौँद्धारा ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्यापटप वितरण

Feb 12th, 2021

काठमाडौ, माघ ३०

काठमाडौँको जोन्टा क्लबले यस वर्ष केटी र महिला हिंसाका घटनालाई सहयोग पु¥याउन ललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौता गरेको छ । केटीहरु र महिला हिंसामा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पु¥याउने हिसाबले क्लबले ललितपुर महानगरपालिका, जावलाखेलमा चार वटा डेस्कटप र दुुई वटा ल्याप्टप प्रदान गरेको छ ।

जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमा जोन्टा क्लब अफ काठमाडौँ (जेडएन) जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छाले ललितपुर महानगरपालिकाका एस.एस.पी किरण बज्राचार्यलाई ल्यापटपहरु हस्तान्तरण गरेकी हुुन । लक्ष्मी बैँकले दुुई वटा डेस्कटप, दया फाउन्डेसनले एउटा वटा ल्यापटप, ज्योति समूहले एउटा डेस्कटप, गोल्छा समूहले एउटा वटा डेस्कटप संस्कृत विद्यालयले एउटा वटा ल्यापटप गरी जम्मा छ वटा कम्प्युटरर्सहरु प्रदान गरेका थिए ।

एस.एस.पी किरण बज्राचार्यले भनिन, ललितपुर मेट्रोपोलिटन प्रहरी हेल्पलाइन १०० लाई कलहरु कुशलतापूर्वक व्यवस्थापन गर्न र पीडितलाई सहयोग पु¥याउन प्राविधिक स्रोतको कमी पर्दै आएको थियोे । कल र गुनासोहरु नोटमा म्यानुअलरुपमा रेकर्ड गरिन्थ्यो र केसहरु अनुसन्धान गर्न सक्षम भएका थिएनन् । थप कम्प्युटरहरुको सहयोगले १०० मा डायल गरी हामी नागरिकहरुलाई उनीहरुको गुनासोको लागि मद्धत गर्न, कलहरु प्रबन्ध गर्न र ट्रयाक गर्न सक्षम हुनेछौं ।
अध्यक्ष सीमा गोल्छाले भनिन, “हेल्पलाइन मार्फत महिलालाई सहयोग पु¥याउन र यस साझेदारीको लागि हाम्रो वकालत वकीलको टोलीको परामर्श मार्फत मुद्धाहरु सुल्झाउनका लागि हामी यी कम्प्युटरहरु उपलब्ध गराउन कृतज्ञ छौं । हामी थप महिलाहरुलाई समर्थन गर्ने र उनीहरुलाई सशक्तिकरण गर्ने आशा गर्दछौ ।

जोन्टा क्लब काठमाडौँ नेपाल कानुनी रुपमा दर्ता गरिएको काठमाडौँको एन्.जी.ओ हो । जुन २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापना भएको हो । यो सेवा र वकालतमार्फत राष्ट्रिय र स्थानीय तहमा अर्धव्यवस्था, शिक्षा, स्वास्थ्य, युवा र महिला विरुद्घ हुने हिंसा सम्बन्धि मुद्धचहरुको सुधार गर्ने उद्ेश्यका साथ महिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ । नेपाल अफिसियल्ली ६४ औँ राष्ट्र हो जुन आधिकारिक रुपमा चार्टर्ड हुनेछ । हाम्रो क्लबलाई प्रतिनिधित्व गर्ने ५४ सदस्यहरु छन् जुन विविध पृष्ठभूमिका छन् जसमा सामाजिक कार्यकर्ताहरु, बैँकहरु, उद्योगहरु, डाक्टरहरु, वकिलहरु, आर्किटेक्टहरु, व्यवसायिक नेताहरु र पेशेवरहरु पर्दछन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi