neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

क्लब विश्वकपको उपाधि बायर्नलाई

Feb 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ ३०

बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।बिहीबार राति भएको फाइनल खेलमा टाइग्रेसलाई १–० ले पराजित गर्दै बायर्न म्युनिखले क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन बेन्जामिन पाभर्डले विजयी गोल गरे । पाभर्डले खेलको ५९ औँ मिनेटमा गोल गरेका हुन् ।

योसँगै बायर्न म्युनिखले दोस्रो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi