neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना सेभियासँग पराजित

Feb 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २८

स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनालाई सेभियाले २-० गोलले पराजित गरेको हो ।

सेभियालाई जित दिलाउन जुल्स कुन्डे र इवान राकिटिचले एक -एक गोल गोल गरे ।

खेलको २५ औं मिनेटमा जुल्स कुन्डेले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ८५ औं मिनेटमा इवान राकिटिचले गोल गर्दै सेभियालाई २-० को जित दिलाए ।

अब बार्सिलोना र सेभियाको दोस्रो लेग मार्च ४ मा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi