neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा ललितपुर महानगर (के.रा.) ग्रुपले गर्यो अगुवा कार्यकर्ता भेला : ललितपुरमा फागुन २५ गते भित्र सबै कमिटी गठन हुने

नेकपा ललितपुर महानगर (के.रा.) ग्रुपले गर्यो अगुवा कार्यकर्ता भेला : ललितपुरमा फागुन २५ गते भित्र सबै कमिटी गठन हुने

Feb 10th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, माघ २८

नेकपा ललितपुर महानगरले ग¥यो अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य आनन्द राज पोखरेलले देशमा अराजकता, राष्ट्रियता स्वाधिनता, विकास, स्थिरता भएको देख्न नसक्ने केही अराष्ट्रिय तत्वले देशमा सुशासन नचाहने तत्वहरुले नेपाली जनताको सुखी भएको देख्न नचाहने केही समूहले गत माघ २३ गतेको विशाल सभादेखि आत्तिएर (दान)े समूहको निद हराम भएको आउँदो बैशाख १७ र २७ गते ताजा जनादेशले पछाडी पर्ने डरले चुनाव भाड्न खोजेको आरोप लगाए । माघ २३ गते ललितपुरबाट मात्रै २० औं हजार नेता तथा कार्यकर्ता सहभागी भएकोमा सबैमा हृदय देखि प्रशंसा व्यक्त गर्दै आगामी फागुन ५ गते प्रदेश कमिटी गठन र फागनु ११ गते भित्र जिल्ला, २५ गते भित्र वडा कमिटी गठन गरी ताजा जनादेश निर्वाचनमा जान आग्रह गरे ।

नेकपा ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले माघ २३ मा जनसभामा ललितपुर बाट मात्र २० औं हजार सहभागी भएकोमा सबैलाई धन्यवाद दिदै आगामी जिल्ला, नगर वडा जनबर्गीय संगठनका कमिटीहरु गठन गरी आउँदो बैशाख १७ र २७ गते ताजा जनादेशमा लाग्न आग्रह गरे । भेलामा ६ वटै पालिकाका नेकपा नगर कमिटीले माघ २३ गतेको भेलाको समीक्षा गर्दै आफ्नो धारणा राखेका थिए । भेलामा नेकपा ललितपुर इन्चार्ज शुशिला नेपाल, नेकपा के. स. नवराज शिल्वाल ,नेकपा बागमती प्रदेश कमिटी तथा ललितपुर महानगर कमिटी सचिब, नेकपा ललितपुर जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र शाक्य, बागमती प्रदेश सदस्य बाबुकाजी प्रधान, नेकपा ललितपुर जिल्ला पुर्व अध्यक्ष मधुसुदन पौडेल, नेकपा केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, चेतनाथ सञ्जेल लगायत नेताहरुले आफ्नो धारण राखेका थिए । भेलामा स्वागत मन्तव्य नेकपा ललितपुर जिल्ला कमिटी सदस्य दामोदर खड्काले नेतृत्वले पार्टी एकीकरण गर्नमा पहल गर्न आग्रह गर्दै स्वागत मन्तव्य राखेका थिए ।