neapl investment mega bank
  • गृहपृष्ठ
  • ४ हजार ३ सय ९ जनाको नमूना परीक्षण गर्दा १ सय ६० जनामा कोरोना सङ्क्रमण

४ हजार ३ सय ९ जनाको नमूना परीक्षण गर्दा १ सय ६० जनामा कोरोना सङ्क्रमण

Feb 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, २७ माघ

मंगलबार थप १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ४ हजार ३ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २ सय १५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ३ सय ९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ जना छन् । हालसम्म २१ लाख १ हजार ५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १ सय ६५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६५ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।