neapl investment mega bank
  • गृहपृष्ठ
  • माथिल्लो तामाकोसी अब सुनको अण्डा दिने कुखुरा कि ब्रोइलर ?

माथिल्लो तामाकोसी अब सुनको अण्डा दिने कुखुरा कि ब्रोइलर ?

Feb 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ २७

प्रतिमेगावाट १० करोडमै निर्माण सम्पन्न हुने भएकाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई सुरुमा सुनको अण्डा दिने कुखुरासँग तुलना गरिएको थियो । तर अहिले यो सुनको अण्डा दिने कुखुरा हो वा लियर्स वा त मासु मात्रै काम लाग्ने तर अण्डा नदिने ब्रोइलर हो भनेर चर्चा सुरु भएको छ ।

अहिले यसको लागत बढेर प्रतिमेगावाट १७ करोड पुगिसकेको छ। र यहि लागतमा पनि आयोजनाको निर्माण सकिने नदेखिएकाले लागत बढेर कहाँ पुग्छ अहिले नै एकिन गरेर भन्न सकिने स्थिती छैन ।

सुरुवातमा यो आयोजना ३५ अर्बमा निर्माण गर्ने चर्चा चलेको थियो । साथै यसको निर्माण सम्पन्न पनि ६ वर्षमा सकिने आकलन थियो । साथै यो अवधिको ब्याज समेत जोड्दा कुल १३ अर्ब २२ करोड ब्याज थपिएर ४८ अर्ब ५१ करोड पुग्ने आकलन थियो । तर अहिले यो आयोजनाको लागत झन्डै ८० अर्ब पुगेको छ। र यतिका बिचमा पनि निर्माण कहिले सकिन्छ भन्ने अझै टुङ्गो छैन ।

सुरुमा भूकम्प र त्यसपछि भारतीय नाकाबन्दीलाई कारण देखाइयो । हाइड्रो मेकानिकलको जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले पनि काममा ढिलाई गर्यो । त्यसपछि आयोजनाले यसको काम खोसेर अर्काे कम्पनीलाई दियो । तर यतिका बिचमा पनि ट्याक्सम्याकाले भने बाँकि आफ्नो काम सकेको छैन । जबकी अर्काे जिम्मा लिएको कम्पनीले ट्याक्सम्याकाबाट पाएका सबै काम सकिसकेको छ।

काम सम्पन्न गर्नेभन्दा म्याद र लागत संशोधन गर्नमै तल्लीन आयोजना व्यवस्थापन काममा ढिलासुस्ती भन्दा पनि डलरको भाउ महंगिएकाले लागत बढेको बताउाछ ।

निर्माण सुरु गर्दाका बखत २०६८ मा प्रतिअमेरिकी डलरको भाउ ८० रुपैयाा थियो । अहिले १ सय १७ रुपैयाा पुगेको छ । आयोजना स्वदेशी लगानीमै बनाइएको भएपनि सामान भने विदेशबाट मगाउनुपर्ने भएकाले डलरको भाउ अकासिंदा असर परेको हो । डलरको भाउका साथै बैंकको ब्याजदरले पनि लागत बढेको आयोजनाको भनाइ छ । समयमै काम सकेको भए ब्याजमा आकलन गरेभन्दा बढी रकम खर्च हुादैनथ्यो । काम सुस्त भएकैले आयोजनाको प्रतिवेगावाट लागत १७ करोड ३२ लाख पुगेको हो ।

लागत र म्याद बढ्दा खासगरी यसका सेयर लगानीकर्ता बढी प्रभावित भएका छन् । सुनको कुखुुरासाग दााजिएको आयोजनाबाट लगानीकर्ताले कहिलेदेखि प्रतिफल पाउाछन् यकिन छैन । त्यसैले अब यो आयोजना ब्रोइलर कुखुरा जस्तो अण्डा नदिने त हुने होइन भन्ने चर्चा चलेको छ।

काठमाडौं, माघ २३ । प्रतिमेगावाट १० करोडमै निर्माण सम्पन्न हुने भएकाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई सुरुमा सुनको अण्डा दिने कुखुरासँग तुलना गरिएको थियो । तर अहिले यो सुनको अण्डा दिने कुखुरा हो वा लियर्स वा त मासु मात्रै काम लाग्ने तर अण्डा नदिने ब्रोइलर हो भनेर चर्चा सुरु भएको छ ।