आधारभूमि संवाददाता
काठमाडौँ,माघ २७
ललितपुर महालक्ष्मी नगर कमिटीले २८ गते हुने शक्ति प्रदर्शनको तयारी भेला गरेको छ । भेलामा बागमती प्रदेश कमिटिका सभापति माधव पौडेलले प्रधानमन्त्री के. पी. वली को असंवैधानिक संसद विघटनले प्रतिगामी शक्तिहरु राजावादी, नेपाली काँग्रेस र विदेशी शक्ति राष्ट्रहरु निक्कै उत्साहित भएका र सरकारमा भएका प्रधानमन्त्री, मन्त्रीहरुले चरम भ्रष्टाचार राष्ट्र हित विपरित काम गरेको र १० औं हजार शहीदको बलीदान बाट प्राप्त गणतन्त्रको रक्षा गर्न भोली २८ गते सम्पुण नेता तथा कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी हुन आव्हान गरे ।
भेलाको सभापतित्व नेकपा महालक्ष्मी नगर कमिटीका अध्यक्ष नकुल थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन नेकपा महालक्ष्मी नगर कमिटी इन्चार्ज स्याम महर्जनले गरेका थिए ।