neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

क्रिस्टल लिड्ससंग पराजित

Feb 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, पुुस २७

प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको हो ।

लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक-एक गोल गरे । लिड्सले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको तेस्रो मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ५२ औँ मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै लिड्सले २२ खेलबाट ३२ अंक जोडेको छ र १० औं स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेसको २९ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi