neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुआरेजले दुई गोल गरे पनि एट्लेटिको सेल्टा भिगोसँग बराबरीमा रोकियो

सुआरेजले दुई गोल गरे पनि एट्लेटिको सेल्टा भिगोसँग बराबरीमा रोकियो

Feb 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २७


स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड  सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।सोमबार राति भएको खेलमा एट्लेटिकोलाई सेल्टा भिगोले २-२ गोलको बराबरीमा रोकेको हो ।

खेलमा एट्लेटिकोको लागि लुइस सुआरेजले दुई गोल गरे भने सेल्टा भिगोको संति मीना र फकुनडो फेर्रेराले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता सेल्टा भिगोले लिएको थियो । खेलको १३ औं मिनेटमा संति मीनाले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।तर,खेलको ४५ औं मिनेटमा एट्लेटिकोका लुइस सुआरेजले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको ५० औं मिनेटमा लुइस सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए ।तर, ८९ औं मिनेटमा सेल्टा भिगोका फकुनडो फेर्रेराले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए र टोलीलाई हारबाट जोगाए ।

बराबरीपछि पनि एट्लेटिको शीर्ष स्थानमा छ। एट्लेटिकोको २० खेलबाट ५१ अंक छ ।दोस्रो स्थानको बार्सिलोनाको २१ खेलबाट ४३ अंक छ । सेल्टा भिगोको २६ अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi