neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

हतियार सहित थप तीन जना शिकारी पक्राउ

Feb 8th, 2021

काठमाडौ, माघ २६

नेपाली सेनाले हतियार सहित थप तीन जना शिकारी पक्राउ गरेको छ । बांके राष्ट्रिय निकुञ्जसमा संचालित “अपरेशन महाहण्ट ७“ मा खटिएको नेपाली सेना र निकुञ्जल कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले यही माघ २१ गते हतियार सहित निकुञ्ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा बन्दुक नाल छ सहित पक्राउ परेका नौ जनालाई सोधपुछ गर्ने क्रममा यही माघ २५ गते शिकारी समुहका थप तीन जना व्यक्तिहरुलाई दुुई नाल भरुवा बन्दुक सहित आवश्यक कारवाहीको लागि बांके राष्ट्रिय निकुञ्जक कार्यालयमा बुझाएको बुुझाएको छ ।

सेनाका अनुसार पक्राउ पर्नेहरुमा सल्यान जिल्ला कालिमाटी गा.पा. वडा नं. ३, बस्ने बर्ष २० का बीर बहादुर पुन मगर, सल्यान जिल्ला कालिमाटी गा.पा. वडा नं. २, बस्ने बर्ष ३८ का रमेश घर्ति र सोही स्थानमा बर्ष २६ का खेम बहादुर थापा रहेकाछन । “अपरेशन महाहण्ट ७“ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi