neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनिय

अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनिय

Feb 8th, 2021

काठमाडौ, माघ २६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनिय रहेको बताउनुभएको छ । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीसंग मन्त्रालयमा भएको भेटको क्रममा मन्त्री श्रेष्ठले नेपाल र अमेरिका बीचको वर्षौ सम्मको सम्बन्ध अझै सुमधुर रहने बताउनुभयो ।

विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) दुर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपुर्ण रहेको छ–मन्त्री श्रेष्ठले भन्नुभयो । विपद्को समय होस वा कोरोना संक्रमण नियन्त्रण गर्न अमेरिकी सरकारले उपलब्ध गराएको सय वटा भेन्टीलेटर सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उहाको भनाई थियो । उहाले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

भेटका क्रममा राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो–नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौ । उहाले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा थप सहयोग गर्ने बताउनभुयो ।

नेपालको प्राथमिकदेखि दुर शिक्षामा गरेको लगानीमा थप सहयोग हुनसक्ने विश्वास व्यक्त गर्दै राजदुत बेरीले अमेरिकामा नया सरकारले आएपनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने स्पष्ट पार्नुभयो । सो क्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपुर्ण रहेको बताउनुभयो । उहाले विद्यालय क्षेत्र सुधार परियोजना, दुर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग युएस आइडीले महत्वपुर्ण सहयोग गरेको बताउनुभयो ।
सो अवसरमा सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । भन्नुभयो–गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्यमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसको लागि शिक्षा मन्त्रालयको तर्फबाट ततथ्काल प्रकृया अघि बढाईनेछ ।

मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तबरबाट समस्या समाधान गर्ने बताउनुभयो । अमेरिकी विकास सहयोग नियोग युएसइआइडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिको कारण अहिले केही सहज हुने अपेक्षा राख्नुभयो ।

उहाले सन २०२० देखि २०२२ सम्म ३२ मिलेनियम डलर सहयोग भैरहेको बताउनभुयो । कोभिडलागि सहयोग गर्नेछौ । नेपालको विकासको अनुदानमा कुनै फरक पर्दैन–उहाको भनाई थियो । उहाले प्राथमिक र दुर शिक्षामा सहयोग गरिरहेको बताउनुभयो । उहाले २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने बचनबद्धता व्यत्तः गर्नुभयो । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो ।