neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अध्यक्ष ढकाल दिल्ली प्रस्थानःउच्च स्तरीय भेटवार्ता गर्ने

अध्यक्ष ढकाल दिल्ली प्रस्थानःउच्च स्तरीय भेटवार्ता गर्ने

Feb 8th, 2021

काठमाडौ, माघ २६

राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गदै आएको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमबार दिल्ली प्रस्थान गरेका छन् । भारतीय सांसदहरुको निमन्त्रणमा तीनदिने भारत भ्रमणमा निस्कीएका ढकालले दिल्लीमा रहदाँ भारतीय जनता पाटीका नेताहरु तथा सरकारका उच्चपदस्थ अधिकारीहरुलाई भेटने कार्यक्रम रहेको भ्रमण दलमा सहभागिदलका प्रवता सन्तोष कुमार पौडेलले जानकारी दिए ।

अन्तराष्ट्रिय सांसदहरुको मन्चको एशिया प्रसान्त क्षेत्रका संयोजक समेत रहेका ढकालले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गदै आएका छन् ।

ढकालले प्रतिनिधी सभाको विघटनको बिषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुकाबीच तिब्र ध्रुविकरण भएर संरकारको समर्थन र बिरोधमा ब्यापक प्रर्दशन भईरेको बेला अध्यक्ष ढकालको भारत भ्रमणलाई मह्त्वको साथ हेरिएको छ । हुन त अध्यक्ष ढकाल देशका सबै राजनीतिक दलहरु राम्रो सम्बन्ध भएका नेता मानिन्छन खासगरी प्रधानमन्त्री ओली र माधव नेपाल दुबै सँग ढकालको निकट सम्बन्ध रहेको छ । ढकाल बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi