neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

Feb 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २६

बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिन्कोले एक एक गोल गरे ।बार्सिलोनाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।रियल बेटिसको बोर्जा इग्लेसियास र भेक्टर रुइजले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता रियल बेटिसले लिएको थियो । खेलको ३८ औं मिनेटमा बोर्जा इग्लेसियासले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए ।६८ औं मिनेटमा रियल बेटिसका भेक्टर रुइजले आत्मघाती गोल गरेपछि बार्सिलोना २-१ ले अघि रह्यो ।

त्यसको सात मिनेटपछि भेक्टर रुइजले गोल गर्दै बेटिसलाई २-२ को बराबरीमा ल्याए ।त्यसपछि खेलको ८७ औं मिनेटमा बार्सिलोनाका फ्रान्सिस्को ट्रिन्कोले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

जितसंगै बार्सिलोनाले २१ खेलबाट ४३ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक छ । पराजित बेटिसको ३० अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi