neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुल सिटीसँग घरेलु मैदानमा पराजित

Feb 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २६


प्रिमियर लिग फुटबलमा लिभरपुलले हार व्यवरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई उसकै घरेलु मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई,रहीम स्टर्लिंग र फिल फोडेनले एक-एक गोल गरे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

खेलको ४९ औं मिनेटमा सिटीका गुण्डोगानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ६३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ७३ औँ मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ ले अघि बढाए। त्यसको तीन मिनेटपछि रहीम स्टर्लिंग गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।त्यसपछि खेलको ८३ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

जितसंगै सिटीले २२ खेलबाट ५० अंक जोडेको छ र शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको २३ खेलबाट ४५ अंक छ ।पराजित लिभरपुलको २३ खेलबाट ४० अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi