neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

Feb 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २६

इटालियन सिरी (ए) फुटबलमा एसी मिलान शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एसी मिलानले क्रोटोनलाई ४-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एसी मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोविच र एन्टी रेबिकले दुई -दुई गोल गरे।

खेलको ३० औँ मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६४ औँ मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ६९ औं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई ३-० ले अघि बढाए।लगत्तै ७० औं मिनेटमा एन्टी रेबिकले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ४-० को जित दिलाए ।

जितसंगै मिलानले २१ खेलबाट ४९ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।दोस्रो स्थानको इन्टर मिलानको २१ खेलबाट ४७ अंक छ । पराजित क्रोटोनको १२ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi