neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको सिटीलाई ३ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको सिटीलाई ३ अंकको अग्रता

Feb 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २२


इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले ३ अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन गेब्रिएल जेसुस र रहीम स्टर्लिंगले एक-एक गोल गरे।सिटीले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको तेस्रो मिनेटमानै गेब्रिएल जेसुसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ३८ औं मिनेटमा रहीम स्टर्लिंगले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

जितसँगै सिटीले २१ खेलबाट ४७ अंक जोडेको छ र शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको २२ खेलबाट ४४ अंक छ ।पराजित बर्नलीको २१ खेलबाट २२ अंक छ १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi