neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैंकिङ् कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ

बैंकिङ् कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ

Feb 3rd, 2021

काठमाडौ, माघ २१

बैंकिङ् कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार ललितपुरको महालक्ष्मी न.पा. वडा नं. – ६ ईमाडोल बस्ने बर्ष ५५ को मणि कुमार थापा बैैकिङ कसुरको अभियोगमा पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार थापाले घर जग्गाको काम गर्ने र सोहि सिलसिलामा बिभिन्न ब्यक्तिहरुसँग रकम लिई सो वापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको साथै बिभिन्न प्रहरी कार्यालयहरुमा उनी बिरुद्द बैकिङ कसुर मुद्दा चलि रहेको र निज फरार रहेको भन्ने सुचना यस महानगरीय अपराध महाशाखामा प्राप्त भएको थियो । सो पश्चात थापालाई खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौको कोटेश्वरबाट नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई अनुसन्धान गर्दा महानगरीय प्रहरी परिसर काठमाण्डौं, महानगरिय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा फरार रहेको भन्ने बुझिन आएको हुदाँ आबश्ययक कारवाहीका लागी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi