neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई यम यम क्याफेमा आठ प्रतिसत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई यम यम क्याफेमा आठ प्रतिसत छुट

Feb 3rd, 2021

काठमाडौ, माघ २१

बैंक अफ काठमाण्डू लिमिटेड र यम यम क्याफे बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई आठ प्रतिसत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले यम यम क्याफेको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको आठ प्रतिसत छुट पाउनेछन । यम यम क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राज भण्डारी र यम यम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरेका हुुन ।

बैकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।