neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लागू औषध पोल्यान्ड तीन किलो सहित चार जना पक्राउ

लागू औषध पोल्यान्ड तीन किलो सहित चार जना पक्राउ

Feb 3rd, 2021

काठमाडौ, माघ २१

लागू औषध पोल्यान्ड तीन किलो सहित चार जना पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार यही माघ २० गते अन्दाजी एक बजेको समयमा काठामाण्डौ महानरपालिका गौरिघाटको बिभिन्न स्थानमा लागु औषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा मनप्र वृत्त गौशालावाट प्रनानिको कमाण्ड खटीएको टोलीले बिभिन्न स्थानबाट चार जना कारोवारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङको उर्लावारी घर भई का.जि.का.म.नपा गौरिघाट बस्ने बर्ष ४० को अम्मर बर्देवा, धादिङको गल्छी घर भई का.जि सतुङगल बस्ने बर्ष ३१ को राजु अधिकारी, सिन्धुलीको बेलवारी घर भई हाल का.जि महाराजगंज बस्ने बर्ष २३ कि सबिना कार्की र मकवानपुर घर भई का.जि थानकोट बस्ने बर्ष ४२ को कालु गोले रहेकाछन । उनीहरुको साथबाट लागुऔषध पोल्यान्ड अन्दाजी ३ के.जि, नगद २० हजार दुुई सय ५० रुपैयाँ, एक थान मोटरसाईकल र पाँच थान मोवाईल बरामद गरिएको हो । उनीहरुमाथि प्रहरी वृत्त गौशालावाट थप अनुसन्धान भईरहेको परिसरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi