neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रोनाल्डोको दुई गोलमा इन्टर मिलान युभेन्ट्ससँग पराजित

रोनाल्डोको दुई गोलमा इन्टर मिलान युभेन्ट्ससँग पराजित

Feb 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २१


कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले इन्टर मिलानलाई पराजित गरेको छ ।मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। इन्टर मिलानको लौतरो मर्तिनेजले एक गोल गरे ।

खेलमा पहिलो अग्रता इन्टर मिलानले लिएको थियो । खेलको नवौं मिनेटमा लौतरो मर्तिनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।तर,खेलको २६ औं मिनेटमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

अब मिलान र युभेन्ट्सको दोस्रो लेग १० फेब्रुअरीमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi