neapl investment mega bank
  • गृहपृष्ठ
  • स्न्याप ड्रागन प्रोसेसर सहितको सी १५ रियलमी फोन सार्वजनिक

स्न्याप ड्रागन प्रोसेसर सहितको सी १५ रियलमी फोन सार्वजनिक

Feb 2nd, 2021

काठमाडौ, माघ २०

छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझैँ मजबुत बनाएको छ ।

आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ ८ कोरको स्न्यापड्रागन प्रोसेसर क्वेलकम फिचरले २० हजारसम्म मूल्य पर्ने स्मार्टफोन सेग्मेन्टमा यस मोबाइल फोनलाई अलग स्थानमा पु¥याएको छ । यस मोबाइलमा उच्चतम स्क्रिन र बडीको अनुपात मिलेको ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेराका साथ थप आकर्षक बनाइएको यो मोबाइल फोन विषेशगरी युवाहरुलाई लक्षित गरि डिजाइन गरिएको छ ।

रियलमी विश्वभरका ५० करोड स्मार्टफोन प्रयोगकर्ताको सूचिमा ७ औँ स्थानमा पर्दछ । यो वर्तमान समयमा एकदमै चाँडो बजारमा आफ्नो शानदार हस्तक्षेप जनाएको मोबाइल फोन ब्राण्ड हो । यसले आफ्ना प्रयोगकर्ताको चाहनाअनुसार आफ्ना नयाँ संस्करणका मोबाइल फोनहरुको डिजाइन गर्दै गएको छ, जसकारण पनि ग्राहकहरु रियलमीका मोबाइल फोनप्रति आकर्षित छन् । सी सिरिजको मोबाइल फोनमा विश्वभरबाट राम्रो प्रतिक्रिया पाइराखेकाले कम्पनीले यस सिरिजलाई विशेष प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई वृद्धि गरिरहेको छ । उच्च पर्फमेन्स, एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री, डिजाइन लगायतका कारण यो मोबाइल फोन स्मार्टफोन प्रयोगकर्ताका लागि एकदमै राम्रो विकल्प भएको दाबी कम्पनीको छ ।

द्रूत तथा शक्तिशाली क्वेलकम ४६० स्न्यापड्रागन

कम्पनीले सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वेलकम स्न्यापड्रागन प्रोसेसरले द्रूत र शक्तिशाली बनाएको छ । ८ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेसनभन्दा बाहिर पनि सँधैँ काम गरिरहेको हुन्छ । कम पावरमा मोबाइलले ११ प्रोसेर टेक्नोलोजीमा काम गरिरहेको हुने भएकाले मोबाइलमा ह्याङ्ग हुने समस्या रहँदैन भने यसले मोबाइलको पर्फमेन्स पनि राम्रो बनाएको छ ।

मोबाइलको ग्राफिक प्रोसेसिङ युनिट(जीपीयु) निकै आकर्षक रहेको छ । क्वेलकम एड्रेनो ६१० जीपीयुले ग्राफिक प्रक्रियालाई अघिल्लो संस्करणको मोबाइल फोनको भन्दा वृद्धि गरेको छ । यसका प्रयोगकर्ताले यस सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामेरा पफर्ममेन्स, राम्रो र सटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टीभीटीको पनि अनुभूति गर्न पाउनेछन् ।

६ हजार एमएएचसहितको टिकायु ब्याट्री

मोबाइल फोनमा सबैभन्दा महत्वपूर्ण रहने ब्याट्रीको पर्फमेन्सलाई नजीकबाट बुझेर कम्पनीले ब्याट्रीलाई बढि टिकायु बनाउने प्रयास गरेको छ । कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीब्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ । एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिनेछ, सामान्यतया एकपटकको चार्जले ४८ दिनसम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ । यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ ।

६.५ इन्चको मिनी ड्रप एआई क्विड क्यामेरा

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै हेर्न उत्कृष्ट तथा मनमोहक छ । यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।

यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ । यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।

यस लगायत मोबाइलमा विभिन्न फिचर्सहरु प्रदान गरिएको छ । नीलो र सिल्भर कलर दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो समुद्र तथा माथि उडिरहेको समुन्द्रि चरा जस्तो देखाउन खोजिएको छ । चारवटा कर्नर बलियो गरी बनाइएको छ जसले स्क्रिन ड्यामेज हुनबाट धेरै हदसम्म बचाउँछ । स्मार्टफोन कम्पनीहरुले स्मार्टफोनलाई फरक देखाउने त्यति धेरै प्रयासहरु नगर्ने भएपनि रियलमीले डिजाइनमा निकै मिहिनत गरेको छ । जसकारण इन्ट्री लेभलको यस फोनको डिजाइन पनि अत्याधिक आकर्षक देखिन्छ ।

कम्पनीले यस फोनको खरीदमा ३६५ दिनको वारेन्टी समेत दिएको छ । कम्पनीले नेपालमा ४÷६४ जीबीको यस मोबाइल फोनको मूल्य १९ हजार ९९० राखेको छ । कम्पनीले यसअघि सी १२ फोन १६ हजार ९९० र सी ११ फोन १४ हजार ४९० मा विक्री गरिरहेको छ ।

कम्पनीको बारेमा

रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीलेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ । यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ । कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पुगाउने बताएको छ । २०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७ औँ नम्बरमा परेको थियो । हालसम्म यसका प्रयोगकर्ता ५० करोड नाघेका छन् । कम्पनीका संसारभर चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ३० वटा ठूला बजार रहेका छन् ।