neapl investment mega bank

नेप्सेमा ६५ अंकको उच्च बृद्धि

Feb 2nd, 2021

काठमाडौ, माघ २०

नेप्से आज मंगलबार एकै दिन ६५ दसमलव ४९ अंकले बढेर २४ सय ७३ दसमलव ७३ अंकमा पुगेको छ । सेन्सिटिभ १४ दसमलव एक अंकले बढेर चार सय ५१ दसमलव ३८ अंकमा चढेको छ । दुुई सय वटा कम्पनीहरुको ७४ हजार सात सय १५ पटकको कारोवारमा एक करोड ५३ लाख २५ हजार छ सय २३ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम आठ अर्ब ५९ करोड ३४ लाख ७२ हजार नौ सय ८७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा होटल समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दसमलव ७१ अंकले बढेर १७ सय २३ दसमलव ३७ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ३३ दसमलव ९४ अंकले बढेर १९ सय एक दसमलव ८५ अंकमा चढेको छ । यि बाहेक बिकास बैक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनाईटेड फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा ओरन्टल होटल समुह परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।