neapl investment mega bank
  • गृहपृष्ठ
  • माघ २१ गतेदेखि जुत्ता, चप्पल तथा व्यापार मेला २०७७ सुरु हुदै

माघ २१ गतेदेखि जुत्ता, चप्पल तथा व्यापार मेला २०७७ सुरु हुदै

Feb 1st, 2021

काठमाडौ, माघ १९

जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकटिमण्डपमा हुने भएको हो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एशोसिएसनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आम उपभोक्ताहरुको विचमा आफ्ना उत्पादनहरु पु¥याउने परिचित गराउने मुख्य उद्धेश्यका साथ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउदै लैजान यस एशोसिएसनको आयोजनामा एफ म्यान फटवेयर बिजनेश एक्स्पो २०७७ माघ २१देखि २०७७ फागुन १० गतेसम्म प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना गर्न लागिएकोे आज एक कार्यक्रमको अयोजना गरेर बताइएको छ ।

उक्त कार्यक्रममा बोल्दै एफ म्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेलागत वर्ष फैलिएको कोभिड १९ को माहामारिकाकारण गर्न नसक्दा आमउपभोक्तालाई पर्न गएको असरलाई मध्यनजर गर्दै हामीले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं । यो एक्स्पोमा हामिले सबै नेपाली ब्राण्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं । यसले नेपाली जुत्ताचप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।’

उक्त कार्यक्रममा बोल्दै एफम्यानका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘विगत एक वर्षदेखि अर्थतन्त्र थलिएकाकारण नेपाली ग्राहकको क्रय शक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर हामिले फुटवयर क्षेत्रलाई चलायमान बनाउँदै लैजाने उदेश्यका साथफुटवेयर एक्स्पो आयोजना गरेका छौं । स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरुहुनलागेको यो एक्स्पोमा ग्राहकले भारी छुटका साथ सामान खरिद गर्न पाउनेछन् ।

फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्ड वाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी रहेका छन ।