neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Feb 1st, 2021

काठमाडौं, माघ १९

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ३ अभयनगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi