neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित,सलाहको दुई गोल

प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित,सलाहको दुई गोल

Feb 1st, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १९

इंग्लिस  प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई उसकै घरेलु मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल र जर्जिनियो विज्नल्डमले एक गोल गरे ।वेस्ट ह्यामका क्रेग डसनले एक गोल गरे ।

खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६८ औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ८४ औं मिनेटमा लिभरपुलका जर्जिनियो विज्नाल्डमले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यसको ३ मिनेटपछि वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र लिभरपुलले जित निकालेको हो ।

जितसँगै लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्यामको ३५ अंक छ पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi