neapl investment mega bank
  • गृहपृष्ठ
  • सेयरजस्तै खरिद बिक्री हुने गरि १० अर्बको बिकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, अर्धवार्षिक रुपमा ब्याज पाइने

सेयरजस्तै खरिद बिक्री हुने गरि १० अर्बको बिकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, अर्धवार्षिक रुपमा ब्याज पाइने

Feb 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ १९

सेयर जस्तै दोस्रो बजारमा खरिद बिक्री हुने गरि नेपाल राष्ट्र बैंकले १० अर्बको बिकास ऋणपत्र जारी गर्दैछ । साथै यसको ब्याज अर्धबार्षिक रुपमा भुक्तान हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यही माघ २० गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

खरीद गर्न पाउने सीमा निम्नतम पचास हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।

राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

यि बाहेकका बाँणिज्य बैंक, बिकास बंैक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडिदुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

निष्काशन मिती २०७७ माघ २१ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि बिसं २०८३ माघ २१ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । राष्ट्र बैकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।