neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा दुर्घटनाका घाइतेहरुको उद्धार

एपीएफ टोलीद्वारा दुर्घटनाका घाइतेहरुको उद्धार

Jan 31st, 2021

काभ्रे, माघ १८

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका २ स्थित बिपी लोकमार्गमा माघ १८ गते दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्एिर सो दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा उल्लेखित टाटो सुमो सडकबाट करीब ८० मिटर तल खसेको थियो भने टाटा सुमोका चालक र सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना व्यक्तिहरु घाइते भएका छन् ।

सो सवारी दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेबाट तत्कालै एपीएफ टोली खटिगई दुर्घटनाका घाइतेहरुको उद्धार गरेको हो । घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi