आधारभूमि संवाददाता
काठमाडौं, माघ १८
महामारीका बिचमा पनि १० वटा बैंकले भने नाफा कमाउन सफल भएका छन् । केहि बैंकले ग्राहकबाट लिने निक्षेपको ब्याज कम दिने र आफुले ग्राहकबाट लिने ब्याज अर्थात कर्जाको ब्याज अधिक लिने गरेका कारण पनि महामारीमा नाफा कमाएको देखिन्छ ।
ग्लोबल आइएमई बैंकको स्प्रेडदर सबैभन्दा उच्च अर्थात ४ दशमलव छ नौ रहेको छ। अर्थात कर्जा र निक्षेप बिचको अन्तर यो र्बैकको सबैभन्दा उच्च हुनुले यसले ग्राहकबाट कम ब्याजदरमा पैसा उठाएर धेरै ब्याजमा रकम दिएको भन्ने बुझिन्छ । जसका कारण पनि यसले अहिले सबैभन्दा बढि कमाएको छ।
हुनत सबैभन्दा बढि पुँजी भएको बैंक भएका कारण सबैभन्दा बढि कमाउनु स्वभाविक हो । तर स्प्रेडदर सबैभन्दा बढि हुनुले भने ग्राहकलाई चर्काे ब्याज लगाएर आफुले निक्षेपम कम ब्याज दिएको भने प्रष्ट पार्छ ।
ग्लोबल आइएमई बैंककले २ खर्ब ३१ अर्ब नाफा कमाएको छ । गत वर्षको यहि समयमा यो बैकले १ खर्ब ६८ अर्ब कमाएको थियो । अर्थात एक वर्षमा मात्रै योे बैंकको नाफा ६२ अर्बले बढेको छ ।
तर सबैभन्दा बढि नाफा कमाउने बैकको सूचिमा भने कुमारी बैंक अ्रस्थानमा छ। यसले मुनाफा सबैभन्दा धेरै ५१ प्रतिशत बढाएको छ । मुनाफा ३० प्रतिशतभन्दा धेरै बढाउने बैंकको सूचिमा एनएमबी, प्रभु, प्राइम कमर्सियल, ग्लोबल आईएमई र मेगा छन् ।
गत आर्थिक वर्ष पुस मसान्त अर्थात दोस्रो त्रैमाससम्म वाणिज्य बैंकले ३२ अर्ब २० करोड रुपैयाँ कमाएका थिए । यो आर्थिक वर्ष सोही अवधिमा बैंकहरुको मुनाफा तीन प्रतिशत घटेको छ । बैंकहरुले यसपालि ६ महिनामा ३१ अर्ब रुपैयाँ मुनाफा कमाएका छन् । २७ मध्ये १७ वटा बैंकको मुनाफा घटेको छ ।
हिमालयन बैंकको मुनाफा सबैभन्दा धेरै ६३ प्रतिशतले घटेको छ । नेपाल एसबीआई, स्टाण्डर्ड चार्टर्ड, एभरेष्ट र सिभिल बैंकको मुनाफामा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । नेपाल बैंक, नबिल, माछापुच्छ्रे, इन्भेष्टमेन्ट र सानीमा नाफामा कम खुम्चिने बैंकको सूचिमा छन् ।
बैंकहरुको नाफा
बैंक | यो वर्षको पुससम्मको नाफा | गत वर्षको पुससम्मको नाफा |
ग्लोबल आइएमई | २ अर्ब ३१ करोड | १ अर्ब ६८ करोड |
एनआइसि एसिया | २ अर्ब ६ करोड | २ अर्ब १ करोड |
नबिल | २ अर्ब १ करोड | २ अर्ब ४ करोड |
प्राइम | १ अर्ब ८१ करोड | १ अर्ब ३० करोड |
एनएमबी | १ अर्ब ६१ करोड | १ अर्ब ९ करोड |
नेपाल इन्भेष्टमेन्ट | १ अर्ब ५८ करोड | १ अर्ब ६६ करोेड |
प्रभु | १ अर्ब ५१ करोड | १ अर्ब ८ करोड |
नेपाल बैंक | १ अर्ब ३५ करोड | १ अर्ब ३५ करोड |
कृषि बिकास बैंक | १ अर्ब ३२ करोड | १ अर्ब ५८ करोड |
मेगा बैंक | १ अर्ब ३० करोड | ९५ करोड |
कुमारी बैंक | १ अर्ब २१ करोड | ८० करोड |
सानीमा | १ अर्ब ६ करोड | १ अर्ब १४ करोड |
एभरेष्ट | ९६ करोड | १ अर्ब ५० करोड |
सनराइज | ९४ करोड | ९४ करोड |
नेपाल बंगलादेश | ९४ करोड | ८० करोड |
सिदार्थ | ९१ करोड | १ अर्ब २ करोड |
सिटिजन्स | ८७ करोड | ६८ करोड |
लक्ष्मी | ८० करोड | ९० करोड |
माछापुच्छ«े | ८० करोड | ८२ करोड |
स्टायण्डर्ड चार्टड | ७२ करोड | १ अर्ब २२ करोड |
बैंक अफ काठमाडौं | ७० करोड | ८८ करोड |
हिमालयन | ६५ करोड | १ अर्ब ७४ करोड |
एनसीसी | ६१ करोड | ७५ करोड |
नेपाल एसबिाआई | ५१ करोड | १ अर्ब |
सेञ्चुरी | ४६ करोड | ६५ करोड |
सिभिल | २० करोड | ३१ करोड |
राष्ट्रिय बाणिज्य बैंक | १ अर्ब ७४ | २ अर्ब २० |