neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

Jan 30th, 2021

काठमाडौ, माघ १७

सिद्घार्थ बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभाले शुक्रबार काठमाण्डौं, बालुवाटार स्थित आम्रपाली बैङक्वेटमा बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड(१९ महामारीको जोखिम कायमै रहेको र हालसालै नेपालमा कोभिड–१९ को नयाँ प्रजाति÷भेरियन्टको संक्रमण पनि देखिएको अवस्थालाई मध्य नजर गर्दै यस बैंकको वार्षिक साधारण सभा अनलाईन (भर्चुुअल) माध्यम मार्पmत सम्पन्न गरिएको थियो ।

सभाले बैंकको चुक्ता पूँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ रुपैयाँ मध्येबाट १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैंयाको बोनस शेयर तथा तीन प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैंयाको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै, बैंकको १९ सभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक शेयरधनी समूहको तर्पmबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएकाछन । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्पmबाट दिनेश शंकर पालिखेर अंकित केडिया निर्विरोध निर्वाचित भएकाछन ।