neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा

Jan 30th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १७


फ्रेन्च लिग वान फुटबलमा लियोन शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा लियोनले बोर्डेऔक्सलाई २-१ गोलले पराजित गरेको हो ।

लियोनलाई जित दिलाउन कार्ल टोको एकम्बि र लियो डुबोसले एक-एक गोल गरे ।बोर्डेऔक्सका समुएल कालूले एक गोल फर्काए ।

खेलको ३२ औं मिनेटमा कार्ल टोको एकम्बिले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५५ औँ मिनेटमा बोर्डेऔक्सका समुएल कालूले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि इन्जुरी समयमा लियो डुबोसले गोल गर्दै लियोन लाई २-१ को जित दिलाए ।

जितसंगै लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।लियोनको २२ खेलबाट ४६ अंक छ । दोस्रो स्थानको पीएसजीको २१ खेलबाट ४५ अंक छ ।पराजित बोर्डेऔक्सको ३२ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi