neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

Jan 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १६ माघ

प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई ३-१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटनह्यामका पियर एमेल होजबर्गले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४७ औँ मिनेटमा ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्डले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।त्यसको दुई मिनेटपछि टोटनह्यामका पियर एमेल होजबर्गले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले २० खेलबाट ३७ अंक जोडेको छ र चौंथो स्थानमा उक्लिएको छ । पराजित टोटनह्यामको ३३ अंक छ छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi