आधारभूमि संवाददाता
ललितपुर,माघ १४
जिल्ला स्वास्थ्य कार्यालयले ललितपुरले आज तीन ठाउँमा गरी ११ हजार ३५५ का कोरोना भ्याक्सीन लगाएको जनाएको छ ।
दक्षिणी भेगका र गोदावरी नगरपालिका लागि आनन्द वन अस्पताल, महालक्ष्मी नगरपालिका लागि किष्ट अस्पताल र ललितपर महानगरका लागि पाटन अस्पतालमा कोरोना भ्याक्सीन पहिलो चरणमा सरसफाई कर्मी र दोश्रो चरणमा स्वास्थ्यकर्मीहरु लाई भ्याक्सीन लगाईने जानकारी जिल्ला जनस्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीले आधारभुमिलाई बताउँदै पहिलो चरणको नतिजा हेरी दोश्रो चरणको सम्पुर्ण अन्य नेपाली जनतालाई निशुल्क भ्याक्सीन लगाइने बताए ।
ं