neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटि प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

म्यानचेस्टर सिटि प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Jan 27th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १४


प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटि शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा म्यान्चेष्टर सिटिले वेस्ट ब्रोमलाई उसकै मैदानमा  ५-० गोलले पराजित गरेको हो ।

सिटिलाई जित दिलाउन लिकय गुन्दोगनले दुई गोल, जोअओ कन्केलो,रियाद महरेज र रहिम स्टर्लिंगले एक-एक गोल गरे ।

खेलको छैटौं मिनेटमा लिकय गुन्दोगनले गोल गर्दै सिटिलाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा जोअओ कन्केलोले गोल गर्दै सिटिको अग्रता दोब्बर बनाय।

खेलको ३० औं मिनेटमा लिकय गुन्दोगनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यस्तै ४५ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटिलाई पहिलो हाफमा ४-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा रहिम स्टर्लिंगलेले गोल गर्दै सिटिलाई ५-० को जित दिलाए ।

जितसंगै सिटिले १९ खेलबाट ४१ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको १९ खेलबाट ४० अंक छ ।पराजित वेस्ट ब्रोमको ११ अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi