आधारभूमि संवाददाता
काठमाडौं, माघ १३
सेयर बजार परिसुचक नेप्सेले अहिले दिनदिनै नयाँ किर्तिमानी बनाइरहेको छ । बढ्दो सेयरबजारका कारण पछिल्लो समय बैंकहरुको कर्जामा बृद्धि भएको देखिन थालेको छ भने निक्षेप फिर्ता हुने क्रम पनि बढेको छ।
अर्थात पछिल्लो समय बैंकमा जम्मा गरेर राखेको रकम कैयनले निकालेर सेयर बजारमा राख्न थालेका छन् । जसका कारण बैंकबाट यो दुई सातामा मात्रै करिब १३ अर्ब रकम फिर्ता गएको छ । यता माघको पहिलो साताको तुलनामा दोस्रो सातामा बैंकहरुको कर्जा लगानी बिस्तार पनि ११ अर्बले बढेको छ ।
अन्यत्र लगानीका ढोका बन्द भएपछि सेयर अहिले बैंकहरुको पहिलो रोजाइको क्षेत्र बनेको छ ।बैंकहरुको सेयरमा जाने कर्जा समेत गत वर्ष भन्दा ३४ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।अहिले कर्जा लगानी बिस्तार बैंकहरुको सेयरमा सबैभन्दा उच्च छ। राष्ट बैंकले समेत यो वर्ष त सेयर कर्जालाई प्राथमिकतामा नै राखेको छ । जसका कारण पनि यो क्षेत्रमा कर्जा बढ्न गएको हो ।
नेपाल राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । बैंकहरुले सेयरमा कर्जा प्रवाह गर्न पाउने सिमा बढेकाले पनि केहि हदसम्म बैंकहरुको यस्तो क्षेत्रमा लगानी बढेको मान्न सकिन्छ ।
राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंकहरुले सेयर धितो राखेर मार्जिन प्रकृतिका लोन करिब ६७ अर्ब बराबरको प्रदान गरेका छन् । कात्तिक सम्म ६१ अर्ब लगानी गरेका बैंकहरुर्र्ले एक महिनामै यस्तो लगानी १० दशमलव छ सात प्रतिशतले बढाएर ६७ अर्ब पुराएका छन् । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मंसिरसम्म आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले बढेको छ । त्यस्तै रियल स्टेट कर्जा २.६ प्रतिशतले, ट्रष्ट रिसि
अहिले बैंक तथा वित्तीय संस्थाले सेयरमा प्रवाह गर्ने कर्जा करिब ७ देखि ९ प्रतिशतमा दिन्छन् । जबकी गत वर्ष यही कर्जा १३ देखि १५ प्रतिशतको हाराहारीमा थियो । सेयर कर्जाको ब्याजदर लगभग पाँच वर्षयताकै कम भएको छ । अन्य क्षेत्र तर्र्फको मत्रै होइन, बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले सेयरमा जाने कर्जाको ब्याज समेत घटाएका छन् । साथै अन्य क्षेत्रमा भन्दा यसमा सहजै ऋण गएपछि बैकहरुको पछिल्लो समय यस्तो क्षेत्रमा आकर्र्षण बढेको छ ।