neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लुकाई छिपाई ल्याएको करिब ३ सय ४५ ग्राम सुन सहित पक्राउ

लुकाई छिपाई ल्याएको करिब ३ सय ४५ ग्राम सुन सहित पक्राउ

Jan 25th, 2021

काठमाडौं, माघ १२

काठमाडौं महानगरपालिका ८ स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम सुन सहित राहदानी नम्बर ०७२३०८५३ बाहक चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका-९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

बरामस सुन सहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi