neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • निर्वाचन आयोगद्धारा आवस्यक सहयोगको लागि सरकारसंग आग्रह

निर्वाचन आयोगद्धारा आवस्यक सहयोगको लागि सरकारसंग आग्रह

Jan 24th, 2021

काठमाडौ, माघ ११

निर्वाचन आयोगले आवस्यक सहयोगको लागि सरकारसंग आग्रह गरेको छ । आयोगले बिस सम्वत् २०७८ साल बैशाख १७ गते पहिलो चरण र ऐ. २७ गते दोश्रो चरणमा सम्पन्न गर्नेगरी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगले विभिन्न बिषय क्षेत्रमा आवश्यक सहयोगका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गरेको हो ।

निर्वाचन आयोगबाट सञ्चालन भैरहेको मतदाता नामावली (दावी विरोध समेत) अद्यावधिक कार्यक्रम, २०७७, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ सरोकारवालाहरुको व्यापक सहभागितामा सम्पन्न गर्न गराउन आमनागरिकहरुलाई सु–सूचित गराउन अनुरोध गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम वा सम्बन्धित निर्वाचन क्षेत्रको उपयुक्त स्थानमा स्थापना गरी निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरु व्यवस्थापन गर्ने सम्बन्धमा उपयुक्त स्थल चयन गरी विकल्प सहित आयोग समक्ष सिफारिश गरी पठाउने व्यवस्था हुन, कायम भएका मतदान स्थलहरूको संरक्षण, मर्मत सम्भार एवं मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत, सञ्चार आवत जावतको वैकल्पिक मार्ग, सडक, पुल–पुलेसा, कम्पाउण्ड वाल, तारवार आदि लगायतको प्रवन्ध हुन, आयोगबाट भएका निर्णयलाई उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्न, गराउन, निर्वाचन व्यवस्थापनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र शैक्षिक संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको विवरण अद्यावधिक गरी निर्वाचन प्रयोजनको लागि माग गरेको बखत तुरून्त उपलब्ध गराउने व्यवस्था हुन, पूर्वाधार तथा भौतिक साधनहरू, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरणहरू निर्वाचनको कामको लागि प्रयोग गर्न सक्नेगरी व्यवस्था हुन, सबै स्वास्थ्य संस्थाहरू निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन, एम्बुलेन्स तथा दमकल जस्ता साधनहरूलाई आवश्यक परेको बखत तत्काल प्रयोग गर्न सक्ने व्यवस्था हुन, सार्वजनिक तथा नीजि सञ्चारका माध्यमबाट निर्वाचन सम्बन्धी सामग्रीलाई प्राथमिकतासाथ प्रकाशन एवम् प्रसारण गर्ने गराउने व्यवस्था हुन, निर्वाचन आयोगबाट उत्पादित तथा प्रेषित सूचनामूलक सामग्रीहरू प्राप्त गरी सबै छापा एवं विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन र प्रशारण हुने व्यवस्था हुन, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरूको प्राथमिकताका साथ आवश्यक मर्मत संभार गरी गराई सुचारू अवस्थामा राख्न, निर्वाचन सम्बन्धी क्रियाकलापहरूलाई थप प्रविधिमैत्री बनाउन सरकारी वा नीजि दूरसञ्चार सेवा प्रदायकहरुको विद्यमान नेटवर्क विस्तार गर्न, सञ्चारका साधनहरू मर्मत र सेवा बिस्तार गर्नुपर्ने भए तत्काल मर्मत र सेवा बिस्तार गरी चालु अवस्थामा राख्न लगाउन र कोभिड–१९ को महामारीको अवस्थामा राजनीतिक दल, दलका भातृ सङ्गठनहरू, उम्मेदवार तथा निर्वाचन सरोकारवालाहरूबाट हुने निर्वाचन सम्बन्धी भेला, आमसभा, ¥याली र गोष्ठी तथा स्थानीय तहमा अन्य निकायबाट हुने तालीम, गोष्ठी, सेमिनार, बैठक, भेला, मतदाता अद्यावधिक कार्यक्रम, मतदान स्थल पुनरावलोकन कार्यक्रम, मनोनयन पत्र दर्ता, निर्वाचन चिन्ह वितरण, निर्वाचन प्रचार–प्रसार, परिचयपत्र वितरण, मतदान, मतगणना र परिणाम घोषणा लगायतका कार्यक्रमहरू सञ्चालन गर्दा तथा सहभागी हुँदा अनिवार्यरूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सावधानीपूर्वक कार्यक्रम गर्नेे गराउनेतर्फ स्थानीय प्रशासन मार्फत आवश्यक व्यवस्था मिलाउने निर्देशन हुन ।

उल्लिखित कार्यक्रमहरु सम्पन्न गर्न गराउन आवश्यक सहयोगका लागि सबै सरोकारवालाहरुलाई आयोगले अनुरोध समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi