neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ला लिगा फुटबलमा रियल मड्रिडको सानदार जित,बेन्जिमाले गरे दुई गोल

ला लिगा फुटबलमा रियल मड्रिडको सानदार जित,बेन्जिमाले गरे दुई गोल

Jan 24th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ, ११ माघ

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ ।शनिबार राति भएको खेलमा रियल मड्रिडले आल्भेसलाई ४-१ गोलले पराजित गरेको हो।

रियललाई जित दिलाउन करीम बेंजामाले दुई गोल , केसमिरो र इडेन हजार्डले एक-एक गोल गरे । आल्भेसको जोसिलुले एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा केसमिरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।४१ औं मिनेटमा करीम बेंजामाले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।पहिलो हाफको इन्जुरी समयमा इडेन हजार्डले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ५९ औँ मिनेटमा आल्भेसको जोसिलुले एक गोल फर्काए ।

त्यसपछि खेलको ७० औं मिनेटमा करीम बेंजामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को शानदार जित दिलाए ।

जितसंगै रियलले १९ खेलबाट ४० अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित आल्भेसको २० खेलबाट १८ अंक छ र १७ औं स्थानमा छ ।रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दुरी चार अंकमा झारेको छ । एट्लेटिको मड्रिडले रियलले भन्दा दुई खेल कम खेलेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi