neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको पीएसजीको ३ अंकको अग्रता,एम्बाप्पेले गरे दुई गोल

शीर्ष स्थानको पीएसजीको ३ अंकको अग्रता,एम्बाप्पेले गरे दुई गोल

Jan 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १० माघ

फ्रेन्च  लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ३ अंकको अग्रता बनाएको छ । शुक्रबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ४-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल , नेयमार र माउरो इकार्डीले एक-एक गोल गरे । पीएसजीले एक गोल पहिलो हाफमा र बाकी गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १९ औं मिनेटमै मोन्टपेलियर १० खेलाडीमा समेटिएको थियो ।मोन्टपेलियरका जोनास ओमलिनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।जसको फाइदा पीएसजीलाई भयो ।

खेलको ३४ औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६० औँ मिनेटमा नेयमारले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।त्यस्को लगत्तै ६१ औँ मिनेटमा माउरो इकार्डीले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यस्को दुई मिनेटपछि केलियन एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ र शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको लिल्लेको २० खेलबाट ४२ अंक छ ।पराजित मोन्टपेलियरको २१ खेलबाट २८ अंक छ र ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi