काठमाडौ, माघ ९
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज शुुक्रबार केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौंमा २३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा प्रस्ताव गरिएको १० दसमलव २६ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि शुन्य दसमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ । सभाबाट संस्थापक समुह “क” बाट तीन जना र सर्वसाधारण समुह “ख” बाट एक जना महिला सहित तीन जना गरी जम्मा छ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएकाछन भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएकाछन । साथै, सभाबाट पारित १० दसमलव २६ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्ता पुंजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुगेको छ । बैकले सात वटै प्रदेशमा गरी जम्मा एक सय २७ वटा शाखा र एक सय दुुई वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
बैंकले गत आर्थिक बर्षमा ७९ अर्ब ६१ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद मुनाफा एक अर्ब १० करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।