neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अटोमेटिक पेस्तोल र गोली सहित एक जना पक्राउ

अटोमेटिक पेस्तोल र गोली सहित एक जना पक्राउ

Jan 22nd, 2021

मोरङ, माघ ९

बुढीगंगा गाउँपालिका ४ बाट १ थान अटोमेटिक पोस्तोल, केएफ ७.६५ लेखिएको ३ राउण्ड गोली, ५ थान मोबाइल र ५ थान सिमकार्ड सहित संखुवासभा मादी नगरपालिका ४ ओखरबोटे बस्ने ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा केही व्यक्तिहरू लुकीछपी उद्योगी व्यवसायीहरुलाई धम्काई चन्दा रकम असुल्ने लगायतका गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले धन बहादुरलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा धन बहादुर गत मंसिर २३ गते मिक्लाजुङ्ग गाउँपालिका-१ बस्ने राजेन्द्र श्रेष्ठलाई बर्खे जंगलमा लगि धारिलो हतियारले घाँटी रेटी हत्या गरेको तथा बम बिस्फोट समेत गराएको घटनामा समेत संलग्न रहेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi